Home मुख्य समाचार हेटौंडा अस्पताललाई बाल हेल्प लाइनले दियो स्वास्थ्य सामग्री

हेटौंडा अस्पताललाई बाल हेल्प लाइनले दियो स्वास्थ्य सामग्री

हेटौंडाः आपतकालिन सहयोग परियोजना अन्तर्गत सिविन नेपालद्धारा सञ्चालित बाल हेल्प लाइन मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कोभिड–१९ को समयमा आपतकालिन प्रयोग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भएको हो ।

बाल हेल्प लाइनका मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले पीपीई २५ सेट, केएन ९५ मास्क २ सय थान, स्यानिटाइजर २० बोत्तल, फेस मास्क २ हजार पिस, इन्फारेड थर्ममिटर एक थान, फेश शिल्ड ५० थान, नेबुलाइजर ३ थान, पल्स अक्सिमिटर २ थान, बेड साइड लकर १ थान, विपी सेट १ सेट, स्टीमर १ थान, नर्मल ग्लोबस ६ प्याकेट, सर्जिकल ग्लोबस ८० थान, सोडियम हाइपोक्लोराइड २ जर्किन, नेट क्याप ३ सय थान, हन्ड वास १० बोत्तल सहयोग गर्नुभएको हो ।

अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई सो स्वास्थ्य सामग्री हस्तान्तण भएको हो । कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाको उपस्थिति थियो ।

Exit mobile version