हेटौंडाः आपतकालिन सहयोग परियोजना अन्तर्गत सिविन नेपालद्धारा सञ्चालित बाल हेल्प लाइन मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कोभिड–१९ को समयमा आपतकालिन प्रयोग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भएको हो ।

बाल हेल्प लाइनका मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले पीपीई २५ सेट, केएन ९५ मास्क २ सय थान, स्यानिटाइजर २० बोत्तल, फेस मास्क २ हजार पिस, इन्फारेड थर्ममिटर एक थान, फेश शिल्ड ५० थान, नेबुलाइजर ३ थान, पल्स अक्सिमिटर २ थान, बेड साइड लकर १ थान, विपी सेट १ सेट, स्टीमर १ थान, नर्मल ग्लोबस ६ प्याकेट, सर्जिकल ग्लोबस ८० थान, सोडियम हाइपोक्लोराइड २ जर्किन, नेट क्याप ३ सय थान, हन्ड वास १० बोत्तल सहयोग गर्नुभएको हो ।

अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई सो स्वास्थ्य सामग्री हस्तान्तण भएको हो । कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाको उपस्थिति थियो ।