सांकेतिक चित्रः गुगल ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९, ज्यामिरेमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटना भएको छ ।

बुधबार बिहान प्रदेश ३–०१–००२४ च १४३० नम्बरको बोलेरो जीप सडकबाट करिब ७० मिटर तल राप्तीखोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभएको छ । दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको सनाखत हुन सकेको छैन ।

यस्तै जीपमा सवार बारा जिल्ला महागढीमाई नगरपालिका–४ का ३२ बर्षीय केदारनाथ थारु भने गम्भीर घाइते भएका छन् । उपचारका लागि थारुलाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बीरगन्जबाट कुखुरा लिएर मनहरी जाँदै गरेको जीप दुर्घटनाग्रस्त अवस्थामा प्रहरीले गस्ती गर्ने क्रममा बुधबार बिहान ७ बजे देखेर उद्दारको कार्य गरेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभएको छ ।