हेटौंडाः कोरोना भाइरस संक्रमण भई उपचाररत हेटौंडा–५ का एक पुरुषको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण भई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ५१ बर्षीय पुरुषको मंगलबार साँझ साढे ७ बजे निधन भएको हो । २० दिन मेडिसिटीमा उपचार गर्ने क्रममा कोरोना संक्रमणमुक्त भए पनि निमोनियाको संक्रमण गम्भीर भएर मृत्यु भएको हो ।