हेटौंडाः मकवानपुरमा आइतबार भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । रंक्तसंचार केन्द्र हेटौंडा शाखाको समन्वयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रक्तदानको आयोजना गरेको हो । जिल्लामा पछिल्लो समय रक्तदान भइरहेकोले रगतको अभाव भएको छैन ।
रंक्तसञ्चार केन्द्र हेटौंडा शाखाले जिल्लामा खपत नभएको रगतहरुलाई छिमेकी जिल्ला चितवनमा पठाउने गरेको छ । चितवनमा रगतको माग बढी हुँदा हेटौंडाबाट पठाउने गरिएको रंक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले बताउनुभयो । यो वर्षमा चितवनमा हेटौंडाबाट १ हजार ८० युनिट रगत पठाइएको छ भने जिल्लामा २ हजार युनिट रगत खपत भएको छ ।