हेटौंडाः हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बकैया–४ को ८८ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । योसहित हेटौंडा अस्पतालमा उपचाररत ९६ जना कोरोनाको संक्रमितको मृत्यु भइसकेको छ ।