हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
बिहीबार गाउँपालिकाले गाउँसभामा आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ ।