हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाल ।

हेटौंडाः हेटौंडा ११ स्थित मामाघर नेपाललाई सहयोग प्रदान गरिएको छ । सडक बालबालिकाको उद्दार, परामर्श, आवसीय सेवा तथा शिक्षा, स्वास्थ्य र पारिवारिक पुनस्र्थापना गर्दै आइरहेको मामाघर नेपाललाई हेटौंडा–२ निवासी न्हुच्छेराज बज्राचार्यले नगदसहित खाद्यान्न सहयोग गर्नुभएको हो ।

स्वर्गीय दिव्यराज बज्राचार्यको स्मृतिमा उहाँको बुबा न्हुच्छेराजले एक हजार रुपैयाँ र खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ । बज्राचार्यले एक बोरा चामल, २ किलो आलु, २ किलो दाल, बिस्कुट ५ प्याकेट, ५ पिस केक, २ प्याकेट दालमोेठ, २ लिटर तेल, ७ प्याकेट कुकिज र २ किलो चिउरा सहयोग गर्नुभएको हो ।

सहयोग हस्तान्तरणको अवसरमा लक्ष्मीदेवी बज्राचार्य, प्रमेश बज्राचार्यलगायतको पनि उपस्थिति थियो ।
यसैगरी, हेटौंडा ११ निवासी दीपकुमारी न्यौपानेको स्मृतिमा छोरा रामचन्द्र न्यौपाने र नातिनी प्रतीक्षा न्यौपानेको उपस्थितिमा मामाघर नेपाललाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । हाल अमेरिका रहनुभएका स्वर्गीय दीपकुमारीको नाति सुदिप न्यौपानेले मामाघर नेपाललाई प्रदान गर्नुभएको १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सोमबारमात्र मामार नेपालले उद्दार गरेको भान्जाहरुलाई थप व्यवस्थापनका लागि सहयोग पुग्ने प्रतीक्षा न्यौपानेले बताउनुभयो ।

यस्तै, जन्मदिनको अवसरमा हेटौंडा–४ निवासी मीना घले थापा र रोशन थापा मगरको छोरी रोमिन्सा थापा मगरको ५ औं जन्मदिनमा भान्जाहरुसँग खुसी साटासाट गर्दै मनाएको छ । उक्त अवसरमा ८ हजार रुपैयाँ नगदसहित १ कार्टुन चाउचाउ, २ प्याकेट बिस्कुट र २ प्याकेट चकलेट उपलब्ध गराइएको छ ।