तालिममा सहभागीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले विद्यालयका शिक्षकहरुलाई आईसीटी तालिम दिइरहेको छ । ५ वटा विषयका शिक्षकहरुलाई ५ दिने तालिम दिइएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभएको छ । अंग्रेजी, गणित, विज्ञान, नेपाली विषयका शिक्षकहरुलाई तालिम दिइएको हो ।

असार ४ गतेदेखि सुरु भएको अँग्रेजी विषयको तालिम मंगलबार समापन भएको छ । अँग्रेजी विषय शिक्षकको तालिम समापनसँगै आज बुधबारबाट गणित विषय शिक्षकका लागि तालिम सुरु हुनेछ । यस्तै, बिहीबारबाट विज्ञान तथा शुक्रबारबाट नेपाली विषय शिक्षकका लागि पनि तालिम सुरु हुनेछ । सबै विषयका शिक्षकहरुका लागि सञ्चालित तालिम असार १५ गतेसम्म समापन हुने शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत खड्काले जानकारी दिनुभयो ।

विषयगत शिक्षकलाई भर्चुअल माध्यमबाट पठनपाठनका लागि सहजता पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।