हेटौंडाः हेटौंडा–११ स्थित मामाघर नेपालले ७ जना सडक बालबालिकाको उद्दार गरेको छ । हेटौंडा बजार क्षेत्रमा बस्दै आएका सडक बालबालिकालाई हेटौंडा–४, हुप्रचौरबाट सोमबार उद्दार गरिएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभएको छ ।

स्थानीय सुनिल गिरीको अग्रसरतामा बालबालिकाहरुको उद्दार गरिएको हो । उद्दार गरिएका ७ बालबालिकाको पिसिआर परीक्षण गरी मामाघर नेपालमा ६ जना बालक र १ जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि पुर्याइएको छ । उद्दार गरिएका बालबालिकाहरु १० देखि १८ बर्षका छन् । उद्दार गरिएका बालबालिकामध्ये सन्ध्या लामा (१५ बर्ष), आकाश मलाह (१० बर्ष), सन्दिप गोले (१३ बर्ष), मुस्कान मलाह (१५ बर्ष), उमेश तामाङ (१८बर्ष), भिमराज थिङ (१८ बर्ष) र हिमाल लामा (१४) रहेको छन् । बालबालिकाकाको अभिभावक खोजी गरी सम्भव भएसम्म परिवारमै पुनर्मिलन गराउने प्रयास समेत गरिने मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभएको छ ।