हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाका दुई वडामा ६ सय ८० घरपरिवारलाई खाद्य सामग्री वितरण गर्नुभएको छ ।
नेता बानियाँको विशेष पहलमा कोरोना माहामारीका कारण समस्यामा परेका हेटौंडा उपमहानगरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । हेटौंडा–१४ का ड्राईभरडाँडा, नयाँबस्ती, बँदेलधाप, मुयुरधाप, कालोपानी, उत्तरपानीका ६ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । त्यस्तै हेटौंडा–१५ को बंगेरीमा ३० घरपरिवार गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो ।
नेता बानियाँको विशेष सहयोगमा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले प्रतिपरिवार २५ किलो चामल, नुन, तेल, दाल, मस्यौरालगायतका खाद्य सामग्री सहयोग गर्नुभएको हो । कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, कांग्रेस कोभिड–१९ मकवानपुरका संयोजक उत्सव इटेनी, हेटौंडा–१४ का वडा सभापति बलराम बल, नेपाल महिला संघ हेटौंडा–१५ की अध्यक्ष मिना लामा, तरुण दल हेटौंडा–१४ का वडा अध्यक्ष मनोज थिङलगायतको उपस्थिति रहेको थियो ।