भीमफेदी आइसोलेसन वार्डलाई खाद्यान्न सहयोग गरिँदै ।

हेटौंडाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेसन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासंघ मकवानपुरले भीमफेदी आइसोलेसन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी, साबुन सहयोग गरेको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न सामग्री हस्तान्तरण गर्न महासंघका मकवानपुर जिल्ला अध्यक्ष चक्रधर विडारी, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, महासंघका केन्द्रीय सदस्य विष्णुहरि पण्डित र राजेन्द्र लामिछाने आइसोलेसन वार्ड पुग्नु भएको थियो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।