हेटौंडाः मकवानपुरमा २१ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा मनहरीका ३ जना र बाँकी सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । जेठ ३१ गते स्वाब संकलन गरिएको ९९ जनामध्ये २१ जनामा कोरोना पुष्टि भएको हो ।