हेटौंडाः मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्ष तथा आदिबासी जनजाती महासंघ हेटौंडा नगर अध्यक्ष नरेश राजभण्डारीको निधन भएको छ ।
आज दिउँसो ३ बजे सन्चो हस्पिटलमा उपचाररत भण्डारीको हृदयघातका कारण निधन भएको हो । ५४ वर्षको राजभण्डारीको आजै राप्तीमा अन्त्येष्टि गरिएको छ । उनको शरीरलाई आदिबासी जनजाती संघले झण्डा ओढाएको थियो ।