हेटौंडाः बागमती प्रदेशलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार युएनडिपी नेपालले पठाएको कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
गैससकर्मी इन्दिरा न्यौपानेको समन्वयमा बागमती प्रदेशलाई युएनडिपीले ४० लाख ५० हजार रुपैयाँको ५ लिटरको २५ थान र १० लिटरको २५ थान कन्सन्ट्रेटर पठाएको हो । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको पनि उपस्थिति रहेको थियो ।
