हेटौंडाः मकवानपुर जिल्लामा कोरोना संक्रमित २८ जना थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १७ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आइतबार संकलित ७३ जनाको स्वाब नमूना परीक्षण गर्दा २८ जना (३८ प्रतिशत) मा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगर क्षेत्रका २२ जना, मकवानपुरको मकवानपुुरगढी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका २ जना रहेका छन् । यसैबीच हेटौंडा–१० स्थित स्वाब संकलन केन्द्रमा कोरोना परीक्षणका लागि सोमबार ७१ जनाको स्वाब संकलन गरिएको छ ।
