खाना खुवाइदै असाहयहरुलाई ।

हेटौंडाः पञ्चसिद्धि फाउण्डेशनको साथमा रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा बिहीबार पनि हेटौंडामा निशूल्क खाना खुवाउने कार्य भएको छ । निशूल्क खाना खुवाउने अभियानको १६ औं दिन बिहीबार हेटौंडा–४, हुप्रचौरमा १ सय ३१ जना, हेटौंडा अस्पतालमा ९० जना र असहायहरुका लागि घरमुखी सेवा ३१ जना गरी कुल २५२ जनाले खाना खाएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।

यस्तै हेटौंडा अस्पतालमा उपचाररत ९४ जनाले बिहानको नास्ता निशूल्क रुपमा पाएका छन् । बिहीबार नेपाल तरुण दल, जिल्ला कार्यसमिति मकवानपुरबाट निशुल्क खाना अभियानका लागि सहयोग गर्नुभएको हो । रोटरी क्लबले जारी निषेधाज्ञाका कारण विपन्न परिवार भोको हुन नपरोस् भनी जेठ १२ गतेदेखि निशूल्क खाना खुवाउन सुरु गरेको हो । निषेधाज्ञा जारी रहेसम्म रोटरी क्लबले खाना खुवाउने कार्य जारी राख्ने जनाएको छ ।