Home मुख्य समाचार निषेधाज्ञा उल्लङ्घन गर्ने २१ सवारी र २ जना पसले प्रहरी फन्दामा

निषेधाज्ञा उल्लङ्घन गर्ने २१ सवारी र २ जना पसले प्रहरी फन्दामा

फाइल तस्बिर

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले आज २१ सवारी र २ जना पसलेलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर र अटो गरी २१ वटा सवारी साधन र ६४ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम २१ वटा सवारी साधनलाई जनही दुईदेखी पाँच हजारका दरले जरिवाना गरिएको छ । निषेधाज्ञा उल्लंघन गरी पसल ब्यवसाय संचालन गर्ने २ जनालाई जिल्ला प्रशासन कार्यालयबाट जनही दुई हजारको दरले जरिवाना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version