Home मुख्य समाचार स्थानीयको सहयोगमा मानव सेवा आश्रमले गर्‍यो वृद्धको उद्दार

स्थानीयको सहयोगमा मानव सेवा आश्रमले गर्‍यो वृद्धको उद्दार

हेटौंडाः हेटौंडा–५ को ६६ वर्षीय एक वृद्धालाई मानव सेवा आश्रमले उद्दार गरेको छ । बुधबार मानव सेवा आश्रमको टोलि सहित हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा उद्दार गर्न वृद्धको घरमै पुग्नुभएको थियो ।

७ वर्षदेखि आफ्नै घरमा बस्दै आएको वृद्धको अवस्था नाजुक रहेपछि छरछिमेकहरुले सहयोग गर्दै आएका थिए । आफ्नै छोरा बुहारीले छोडेर हिडेपछि वृद्ध गजेन्द्र प्रसाद दुलाल आफ्ना २ नातीसँग बस्दै आएका थिए । शारीरिक रुपमा अशक्त वृद्धलाई स्थानीयहरुले सहयोगमा खानेकुरा दिइदै आएको थियो । स्थानीय भैरब बहादुर कुमालका अनुसार पछिल्लो समय उनका नातीहरु पनि गलत बाटोमा हिडेका छन् ।

१५ वर्षको ठुलो नातीले गाँजा, चुरोट रक्सी खाने गरेको स्थानीयले बताएका छन् । दुलालको अवस्था देखेर विभिन्न संघ संस्थाहरुले खाद्यान्न सहयोग गर्दै आएका थिए ।

यसैबिच स्थानीय छरछिमेकहरुले उनलाई रेखदेख गर्न उठाएको १५ हजार रुपैयाँ उपमेयर मिना कुमारी लामाले मानव सेवा आश्रमका अभियान्ता होमनाथ पौडेललाई हस्तान्तरण गर्नुभएको छ । वृद्धका नातीलाई समेत आश्रमले उद्दार गर्ने भएता पनि उनीहरु आश्रमका टोलि देखेर वृद्ध हजुरबुवालाई एक्लै छोडेर घरबाट भागेका थिए ।

Exit mobile version