हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहमा व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ ।
आजबाट सुरु भएको खोप कार्यक्रममा वडा नम्बर १० मा ५१ जनाले चिनिया भेरोसेल खोपको पहिलो डोज लगाएको स्वास्थ्यकर्मी सुस्मा नेपालले जानकारी दिनुभयो । खोप कार्यक्रम आज र भोलि संचालन हुनेछ ।
