Home समाचार बुधबार २५३ जनाले खाना खाए

बुधबार २५३ जनाले खाना खाए

बुधबार हेटौंडा–४, हुप्रचौरमा खाना खान आएकाहरु ।

हेटौंडाः पञ्चसिद्धि फाउण्डेशनको साथमा रोटरी क्लब मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा बुधबार पनि हेटौंडामा निशूल्क खाना खुवाउने कार्य भएको छ । निशूल्क खाना खुवाउने अभियानको १५ औं दिन बुधबार हेटौंडा–४, हुप्रचौरमा १२७ जना, हेटौंडा अस्पतालमा ९१ जना र असहायहरुका लागि घरमुखी सेवा ३५ जना गरी कुल २५३ जनाले खाना खाएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।

यस्तै हेटौंडा अस्पतालमा उपचाररत ९७ जनाले बिहानको नास्ता निशूल्क रुपमा पाएका छन् । बुधबारको खानाका लागि नारायणी पेट्रोलियम व्यवसायी संघका अध्यक्ष उत्सव इटेनीले सहयोग गर्नुभएको छ । यसैगरी हेटौंडा–१, पीपलबोट निवासी व्यवसायी दीपक श्रेष्ठ र उहाँकी श्रीमति महेश्वरी श्रेष्ठले ११ हजार २१ रुपैयाँ सहयोग गर्नुभएको छ भने हेटौंडा–२ निवासी सुनिल राज बज्राचार्यले ७ क्रेट अण्डा, हेटौंडा–८ निवासी हृदय राज गौतमले ५ लिटर सेनेटाइजर सहयोग गर्नु भएको छ ।

रोटरी क्लबले जारी निषेधाज्ञाका कारण विपन्न परिवार भोको हुन नपरोस् भनी जेठ १२ गतेदेखि निशूल्क खाना खुवाउन सुरु गरेको हो । निषेधाज्ञा जारी रहेसम्म रोटरी क्लबले खाना खुवाउने कार्य जारी राख्ने जनाएको छ ।

Exit mobile version