हेटौंडाः चाइल्ड रेस्क्यु नेपालको सहयोग र राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा ईस्थर बेन्जामिन स्मृति संस्थाले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका चेपाङ तथा तामाङ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार राक्सिराङ गाउँपालिका–९ को अठारे र खैराङमा ३ सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।
प्रतिपरिवार चामल ३० केजी, दाल २ केजी, नुन १ केजी, चना २ केजी, साबुन र तेल १ लिटर सहयोग गरिएको ईस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम व्यवस्थापक बुद्धवीर लामाले जानकारी दिनुभएको छ । कोरोना महामारी विश्व नै आतंकित भइरहेको वर्तमान जटिल परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गरी आफ्नो कार्यक्षेत्रमा रहेका स्थानीय तहमा रहेका विपन्न वर्गका लागि खाद्यान्न सहयोग गरिएको व्यवस्थापक लामाले जानकारी दिनुभएको छ । खाद्यान्न वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा भएको हो ।