खाद्यान्न हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष नविन सिग्देल र नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा गुरुङ ।

हेटौंडाः नारी संरक्षण केन्द्र मकवानपुरबाट नियमित रुपमा शैक्षिक छात्रवृत्ति प्राप्त गर्दै आइरहेका ७० जना बालबालिकालाई केन्द्रको तर्फबाट शैक्षिक सामग्री र उनीहरुको परिवारलाई दाल, चामल, नुन, तेल, मञ्जन, साबुन, सोयाविन, मसला र मेडिकल मास्कसहितको राहत सामग्री वितरण गरिएको छ ।

सोमबार शितलमहल चोकमा हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा राहत वितरण कार्यक्रम भएको हो । कोरोना भाइरसको दोश्रो लहरसँगै जारी निषेधाज्ञाका कारण बाहिर निस्केर काम गर्ने वातावरण नभएपछि दैनिक गुजारा गर्न समेत असमर्थ रहेका बालबालिकाका परिवारलाई राहत वितरण गरिएको संस्थाकी अध्यक्ष दीपा गुरुङले बताउनुभएको छ ।