सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ पुरुष र २ महिला छन् ।

हेटौंडा अस्पतालको कोभिड वार्डका प्रमुख डा. सागर काफ्लेका अनुसार शुक्रबार थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–४ का ६६ वर्षीय पुरुष र हेटौंडा–४ का ४६ वर्षीय पुरुषको मृत्यु एको हो ।

यस्तै शनिबार बिहान हेटौंडा–५ की ७२ वर्षीया महिला र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ की ४२ वर्षीया महिलाको मृत्यु भएको डा. काफ्लेले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा हालसम्म कोरोना संक्रमित ७३ जनाको मृत्यु भइसकेको छ । अहिले हेटौंडा अस्पतालमा ४५ जना उपचाररत छन् ।