हेटौंडाः मकवानपुरमा निषेधाज्ञा उल्लघंन गर्नेहरुको संख्या बढ्दै गएके छ । बिहीबार ५७ जनालाई प्रहरीले होल्ड गरेर सम्झाएर फिर्ता पठाएको छ ।

निषेधाज्ञामा अनावश्यक काममा बाहिर निस्केकालाई प्रहरीले सम्झाई बुझाई गरेर फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

यस्तै १७ वटा मोटरसाइकल/स्कुटर, अटो, सानो गाडीको कागजपत्र नियन्त्रणमा लिएकोमा कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ३ वटा सवारी साधनलाई मात्र कारबाही गरिएको प्रवक्ता रिमालले बताउनुभयो ।