हेटौैंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाका उत्कृष्ट कृषकलाई पुुरस्कार गर्ने भएको छ । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक योजनाअन्तर्गत नै कृषकलाई पुरस्कृत गर्न लागेको हो । पालिकाले पहिलोपटक कृषकलाई पुरस्कृत गर्न लागेको हो ।
कृषि क्षेत्रलार्ई उत्पादन, आम्दानी र रोजगारीको क्षेत्रको रुपमा विकास गर्न, कृषकहरुको योगदानलाई सम्मान गर्न र कृषकहरुको मनोबल उच्च राख्न गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न लागेको मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।
न्युुनतम मापदण्ड पूरा गरेका कृषकहरुबाट आवश्यक कागजातसहित आवेदन दिन सुचना प्रकाशित गरिएको छ । कृषकले यही जेठ २३ गतेभित्र मकवानपुरगढी गाउँपालिका तथा सम्बन्धित वडाहरुमा आवेदन दिनुपर्नेछ । गाउँपालिकामा ८० प्रतिशत भन्दा बढि कृषि तथा पशु व्यवसायमा निर्भर रहेका छन् ।
गाउँपालिकामा आवेदन आएपछि अनुगमन गरी सोही आधारमा पुरस्कारको व्यवस्था गरिने चौधरीले जानकारी दिनुभयो । परम्परागत कृषि प्रणालीलाई अन्त्य गर्दै आधुनिक कृषि प्रणाली अवलम्बन गरेर कृषि तथा पशु व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ । मकवानपुरगढी गाउँपालिकाका किसानले नगदेबालीको रुपमा तरकारीबाली, फलफूल खेती र खाद्यान्नबाली लगाउँदै आएका छन् ।