Home मुख्य समाचार पल्पसामा ३० बेडको आइसोलेसन सेन्टर संचालनमा

पल्पसामा ३० बेडको आइसोलेसन सेन्टर संचालनमा

पल्पसामा संचालनमा आएको ३० बेडको आइसोलेसन सेन्टर

हेटौंडाः हेटौंडाको पल्पसा हलमा विभिन्न संघ संस्थाको सहकार्यमा आइसोलेशन सेन्टर संचालनमा आएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको हो । बुधबार बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले पल्पसा आइसोलेशनको उद्घाटन गर्नुभएको थियो ।

आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै बेडको व्यवस्था गरिएको कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताए ।

डेक्सले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आइरहेको छ । स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहनेगरी आइसोलेशनको लागि झुल, तकिया, टेलिभिजन, इन्टरनेटसहित नुहाउनको लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Exit mobile version