निषेधाज्ञामा सवारी चेकिङ हुँदै मकवानपुरमा ।

हेटौंडाः मकवानपुरमा जारी निषेधाज्ञा अटेर गर्ने १२ पसलेलाई प्रशासनले कारबाही गरेको छ । उनीहरुलाई २ हजार देखि ५ हजार रुपैयाँसम्मको प्रशासनले जरिवाना गरेको छ ।

यस्तै मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरीको चेकिङ टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइक/स्कुटर ६ वटा र २६ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ६ वटा सवारी साधनलाई जनही दुई हजार दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।