हेटौंडाः संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार प्रस्तुत गरेको छ । संघीय सरकारले सातवटा प्रदेश सरकार र ७५१ स्थानीय सरकारलाई अनुदानको घोषणा पनि गरेको छ ।
संघीय सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई समानीकरण, सर्शत, विशेष र समपूरक अनुदान गरी कुल १ अर्ब १ करोड ९१ लाख विनियोजन गरेको छ । यस्तै थाहा नगरपालिकालाई ४३ करोड ५५ लाख विनियोजन गरेको छ । मकवानपुुरका ८ गाउँपालिकालाई केन्द्र सरकारले २ अर्ब ५४ करोड विनियोजन गरेको छ ।
इन्द्रसरोवर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाश २६ करोड २३ लाख, बकैया ४० करोड, बागमती ३१ करोड ३३ लाख, भीमफेदी ३३ करोड ६३ लाख, मकवानपुरगढी ३८ करोड ९७ लाख, मनहरी ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई ३० करोड ३८ लाख बजेट विनियोजन गरेको छ ।