शुक्रबार कुख्रेनी खोलामा फसेको कार क्रेन लगाएर निकालिँदै । फोटोः अशोक डिम्डुङको फेसबुकबाट ।

हेटौंडाः पश्चिम बंगालमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास्को प्रभावका कारण नेपालमा तीनदेखिको लगातारको वर्षाले मकवानपुरका नदीहरुमा पानीको सतह र बहाव बढेको छ । मकवानपुरका सवै खोला तथा नदीमा पानीको सतह र बहाव बढ्ने क्रममा सामान्य क्षति समेत पु¥याएको छ ।

लगातारको वर्षासँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ र १३ को सीमा क्षेत्रमा पर्ने कुख्रेनी खोलामा पानीको बहाव बढेसँगै खोलाको सतह भासिएपछि शुक्रबार दिउँसो एउटा कार फसेको छ । खोलामा फसेको कार क्रेन लगाएर निकालिएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा कार निकालिएको हो । अझै केही दिन वर्षा कायमै रहने पूर्वानुमान गरिएको छ । स्थानीय प्रशासनले जिल्लामा सतर्कता अपनाउन, नदि तथा खोला आसपास र बहाव क्षेत्रमा सतर्कता अपनाउन अपील गरेको छ ।