Home कला राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट १० कवि छानिए

राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट १० कवि छानिए

नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० जना कविको सूचि ।

हेटौंडाः नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा १० जना उत्कृष्ट कवि छनोट गरिएको छ । जेठ १५ गते शनिबार हुने अनलाइन कवि गोष्ठिका दिन उत्कृष्ट १० कविहरुलाई आफ्ना रचना वाचनको अवसर दिइने नवसर्जक साहित्य चौतारीका संरक्षक दीपक गौतमले जानकारी दिनुभएको छ ।

३० जना सहभागीहरु माध्ये १० जना उत्कृष्ट हुन सफल भएका हुन् । तीन सदस्यीय निर्णायक समितिले उत्कृष्ट १० कवि छनोट गरेको हो । उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई भने नगदसहित सम्मान गरिने छ । स्थापनाको छोटो समयमै राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगिता आयोजना गर्न नवसर्जक साहित्य चौतारी नेपाल सफल भएका हो ।

उत्कृष्ट १० कविको सूचिमा काठमाडौंकी अनुज्ञा नेपाल (नयाँ भगवान), मकवानपुरकी आयुशा मानन्धर (आयो दशैं), कपिलवस्तुकी जोशिका कँडेल (नेपाल मेरो घर), इलामका देवन्द्र सापकोटा (कोरोना), कैलालीका भवन भट्ट (निर्मला तिमीलाई हार्दिक श्रद्धाञ्जली), काठमाडौंकी मोनालिसा खड्का (निभेको आगो), रन्जन गौतम (चरा), मकवानपुरका रियाज कार्की (तिम्रो र मेरो माटो) र रोश्नी चौलागाई (म फर्कनेछु) तथा कपिलवस्तुका शिरीष बन्जाडे (हो मेरो देश पनि) परेका छन् ।

Exit mobile version