हेटौंडाः मकवानपुरमा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ४१ जना महिला र ५३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
शनिबार र आइतबार संकलित २१८ स्वाब नमूना परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये ५४ जना हेटौंडा उपमहानगरपालिकाका छन् भने ठेगाना नै नखुलेका १७ जना, मकवानपुर जिल्ला भन्दा बाहिरका २ जना, बकैया गाउँपालिकाका एक जना, थाहा नगरपालिकाका १७ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।