हेटौंडाः हेटौंडामा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । प्रदेशसभा सांसदमध्ये बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले मत खसालिसकेका छन् । अहिले प्रदेश सांसद केहीले मात्र मतदान गरिरेहका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले पनि मतदान गरिरहेका छन् । अहिलेसम्म कोभिड–१९ संक्रमित मतदाताले भने मतदान गरेका छैनन् ।
मतदानस्थलमा दुईवटा प्रवेशद्धार खोलिएको छ । यसैबिच बागमती प्रदेशको १ सय ९ सांसद मध्ये विवेकशीलका ३ जना सांसदहरुले मत नदिने भएका छन् । अन्य मतदाताहरु आउने क्रम जारी छ ।