हेटौंडाः मंगलबार दिउँसो २ बजेसम्म जिल्लामा ७५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार ५३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ र २२ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ देखिएको छ ।
हेटौंडा उपमहानगरका ३९ जना, थाहा १५, मकवानपुरगढी ७, मनहरी १३ र भीमफेदीको एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा आज बिहान एक जनाको मृत्यु भएको थियो भने गएराति एक जनाको मृत्युभएको थियो । यो सँगै जिल्लामा कोभिडका कारण मृत्युहुनेको संख्या ६५ पुगेको छ ।
यस्तै होम आइसोलेसनमा बसेका ६७ जना र संस्थागत आइसोलसनमा बसेका १० जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।