हेटौंडाः मकवानपुरमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप (कोभिशिल्ड) ४ हजार ९ सय ३० जनाले मात्रै लगाएका छन् । गएको माघ १४ गतेबाट कोभिड–१९ विरुद्ध खोप लगाउन सुरु भएको थियो ।

पहिलो चरणमा मकवानपुरमा २१ हजार ९६ जनाले (कोभिशिल्ड) खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । दोस्रो चरणको खोप लगाउन खोप सकिएपछि अभियान स्थगित छ । जिल्लामा १६ हजार १६६ जनाले दोस्रो चरणको खोप लगाउन बाँकी भएको उहाँले बताउनुभयो ।