हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः जिल्लामा अक्सिजनको अभाव हुँदै गएपछि हेटौंडा उपमहानगरपालिकाले दैनिक रुपमा अक्सिजन उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाले बिरामीको उपचारमा सहजता प्रदान गर्नका लागि दैनिक १०० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

हेटौडा उपमहानगरपालिकामा समेत कोरोना भाइरसको ब्यापक प्रभाव देखिन थालेकोपछि कारोना रोकथाम, उपचार र व्यबस्थापन गर्न स्थानीय अस्पतालहरुमा अक्सिजनको अभाबमा भइरहेको छ मानवीय जिवनमा समेत गम्भिर असर भैरहेको भन्दै अन्य जिल्लाहरुबाट अक्सिजनको आपूर्तिको व्यवस्था गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले दैनिक रूपमा १०० थान सिलिन्डर व्यबस्थापन गर्ने गरी आइतबार ५० थान अक्सिजन सिलिन्डर लिन एउटा ट्रिपर नुवाकोट तथा अर्को ५० थान सिलिन्डर लिन ईटहरी पठाइएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले ढुवानि गरेको अक्सिजन खरिद गर्न तथा पुनःभर्दा लाग्ने सबै खर्च पनि उपमहानगरपालिकाले ब्यहोर्ने पनि उहाँले बताउनुभयो ।