हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्दन शाखाले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार अनुसार ७ जना बालबालिकासहित १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा १ जना १ वर्षका रहेका छन् । यस्तै ४ जना ७५ वर्षमाथिका जेष्ठ नागरिक रहेका छन् । १ सय ८६ जनाको आर.टि.पी.सी.आर जाँच गर्दा ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । जसमा हेटौंडाका ५२ जना महिला र ६१ जना पुरुष गरी १ सय १३ जना, मकवानपुरगढीका २ जना महिला, मनहरीकी १ जना महिला, भीमफेदीका ३ जना पुरुष, बारा जिल्ला ठेगाना भएका ६ जना र जिल्ला बाहिरका २ जना रहेका जनाइएको छ ।