राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य एक सय १० जना र बागमती प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ जनाले मतदान गर्नेछन् ।
प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १ मत बराबर १८ मतभार रहेको छ । बागमती प्रदेशसभाको एक सय १० सदस्यको मतभार ५ हजार २ सय ८० रहेको छ भने स्थानीय तहको प्रमुख, उपप्रमुख २ सय ३८ जनाको मतभार ४ हजार २ सय ८४ रहेको छ । प्रदेशमा ३ सय ४८ जनाले मतदान गर्नेछन्, जसको मतभार ९ हजार ५ सय ६४ रहनेछ ।
मतदान कार्यक्रम आगामी जेठ ६ गते हेटौंडास्थित भूूटनदेवी माविमा हुनेछ । भूूटनदेवी मावि परिसरमा २ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ र नगर प्रमुख तथा उपप्रमुख एवम् गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका लागि मतदान केन्द्र ‘ख’ रहने गरी आयोगले तोकेको छ ।