हेटौंडाः मकवानपुरमा आज दिउँसो २ बजेसम्म ९७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
आज पिसिआर परीक्षण गर्दा ६३ जना र एन्टिजेन परीक्षण गर्दा ३४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यसैगरी आज हेटौंडाको गोरक्षेश्वर मन्दिर परिसरबाट १ सय २० जनाको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालमा परीक्षण गर्न पठाइएको छ ।