हेटौंडाः नेकपा एमाले बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री बनेपछि रिक्त रहेको मुख्य सचेतकको पदमा निरौलालाई मनोनयन गरिएको हो ।

एमाले बागमती संसदीय दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) को दलको बिधान २०७७ को दफा १३ बमोजिम उनलाई मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी गराइएको छ ।