सांकेतिक तस्वीर ।

हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–६, चौघडाकी ४१ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको हो ।

सोमबार बिहान हेटौंडा अस्पतालको इमर्जेन्सीमा उपचारका लागि ल्याइएकी महिलाको स्वास्थ्य अवस्थाका आधारमा हेटौंडा अस्पतालको कोभिड वार्डमा राखेर उपचार थालिएको थियो । परीक्षण गर्दा कोभिड संक्रमित पुष्टि भएकी महिलाको मंगलबार बिहान ४ बजेको समयमा मृत्यु भएको हेटौंडा अस्पतालको कोडिभ वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ । कोभिड संक्रमित महिलामा मिर्गौला, उच्च रक्तचाप, मधुमेह, थाइरोइडको समस्या रहेको चिकित्सकको भनाइ छ ।