हेटौंडाः बागमती प्रदेशको मन्त्रिपरिषद्को आज दोस्रो बैठक बस्दैछ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको मुख्यमन्त्री डोरमणि पाडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । आइतबार बस्ने तयारी गरिएको बैठक आज बस्न लागेको हो ।

यसअघि बैशाख ७ गते मन्त्रिपरिषद्को बैठकमा ४ जना मन्त्रीहरु सहभागि थिए । सो बैठकले चालू हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय मात्रै गरेको थियो ।

आज बस्ने भनिएको बैठकमा नवनियुक्त ३ जना मन्त्री सरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेतसहित ७ मन्त्रीहरु सहभागि हुनेछन् । बैठकमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, आगामी बजेट बारे छलफल हुने बताइएको छ ।