स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारमा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार एन्टिजेन विधिबाट २५ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभएको छ । संक्रमित हुनेमा ४ वर्षदेखि ८० वर्षसम्मका नागरिक छन् ।

लक्षणसहितका विरामी देखिएपछि गाउँपालिकाले आइतबार परीक्षण गराएको हो । संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमै रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीले आवश्यक परामर्श र निगरानीमा राखिएको अध्यक्ष मुक्तानले बताउनुभएको छ । संक्रमित व्यक्तिको स्वास्थ्यमा कुनै किसिमको समस्या देखिए हेटौंडास्थित कोडिभ अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा रहेको पनि अध्यक्ष मुक्तानको भनाइ छ । गाउँपालिकाले आगामी बिहीबार कैलाश गाउँपालिका–१० मा पनि परीक्षण गर्ने जनाएको छ ।