Home मुख्य समाचार १०० वर्षका पुरुषसहित १७१ जनामा कोरोना संक्रमण पुष्टि

१०० वर्षका पुरुषसहित १७१ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडाः मकवानपुर जिल्लामा १०० वर्षका पुरुषसहित १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार दिउँसो २ बजे सार्वजनिक भएको विवरणअनुसार २६८ जनाको स्वाब नमूना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार सार्वजनिक भएको विवरणमा १४९ जना संक्रमित हेटौंडा उपमहानगरक्षेत्रका नागरिक छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका ५ जना, मनहरी गाउँपालिकाका ३ जना र मकवानपुरभन्दा बाहिर विभिन्न जिल्ला स्थायी ठेगाना भई मकवानपुरमै बस्दै आएका १४ जना छन् । संक्रमित मध्ये १८ वर्ष भन्दा कम उमेरका १८ जना छन् ।

Exit mobile version