हेटौंडाः निर्वाचन आयोगले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकेको छ ।

जेठ ६ गते बिहीबारका दिन हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि तोकेको हो । मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकेको छ ।

निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।