हेटौंडाः मकवानपुरमा शुक्रबार दिउँसो २ बजेसम्म ७१ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा ५६ जनाको पिसिआर परीक्षण र १५ जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शुक्रबार मनहरी गाउँपालिकामा ९ जना र हेटौंडा उपमहानगरमा ६ जनामा ऐन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।