हेटौंडाः हेटौंडा–९, पशुपतिनगरस्थित कोठामा डेरा गरी बस्दै आएकी एक महिला परिवारसँग सम्पर्कविहीन भएकी छन् । ३० वर्षीया अम्बिका थिङ बैशाख ७ गते बिहानदेखि परिवारबाट सम्पर्कविहीन भएको उहाँका श्रीमान सूर्यबहादुर थिङले जानकारी दिनुभयो ।
विवाह भएको १२ वर्षपछि अहिले बिना खबर श्रीमती सम्पर्कविहीन भएकोमा सूर्यबहादुरले दुःख व्यक्त गर्नुभएको छ । उहाँको ११ वर्षीया छोरी कक्षा ५ मा अध्यनरत छिन् भने ७ वर्षका छोरा कक्षा १ मा अध्ययनरत छन् । आफन्तले बैशाख ८ गते जिल्ला प्रहरी कार्यलयमा सम्पर्कविहीन भएको निवेदन पेश गरे पनि अहिलेसम्म फेला नपरेको जनाएका छन् ।