सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडामा बुधबार एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हेटौंडा–४ का ७४ वर्षको एक पुरुषको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

बैशाख ५ गते कोरोना पोजेटिभ आएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । यो सँगै हालसम्म हेटौंडामा २७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने मकवानपुर जिल्लाभर ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।