सपथ ग्रहण गर्दै नवनिर्वाचत बागमती प्रदेशको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पदाधिकारीहरु ।

हेटौंडाः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो सधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सिन्धुलीमा भएको अधिवेशनले धादिङका नारायण कुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । प्रदेश समितिको प्रथम उपाध्यक्षमा विश्वराम त्वयना, द्धितीय उपाध्यक्षमा मकवानपुरका महेश रेग्मी निर्वाचित हुनुभएको छ ।

सचिव, सह–सचिब र कोषाध्यक्षमा क्रमश हरिप्रासाद पौडेल, खगेन्द्र पौडेल र सुविन मानन्धर रहनु भएको छ । यस्तै लेखा समितिको संयोजकमा कृष्ण प्रसाद न्यौपाने, सदस्यहरुमा कृष्णहरि ढुंगेल र मकवानपुरका विज्ञान रिमाल चयन निर्वाचित हुनुभएको छ ।

मकवानपुर जिल्लाबाट निर्वाचित पदाधिकारीहरु बाँयाबाट क्रमश विज्ञान रिमाल, महेश रेग्मी र अजित थापा ।

खुल्ला सदस्यमा राजु भुसाल, महिला सदस्यमा तारादेवी थापा रहनु भएको छ भने जिल्लागत सदस्यहरुमा द्रोणप्रसाद न्यौपाने काठमाण्डौं, पारस महर्जन ललितपुर, नरेन्द्रमान मानन्धर भक्तपुर, अजित थापा मकवानपुर, सुजन घिमिरे रामेछाप, कुमार लामिछाने रसुवा, कुमार थापा सिन्धुपाल्चोक, मिन कुमार खतिवडा नुवाकोट, शिवहरी थापा दोलखा, दयाराम लम्साल धादिङ, काजीमान बज्यू सिन्धुली, लेखराम सापकोटा चितवन र शरण ढकाल काभ्रेपलाञ्चोकबाट हुनुहुन्छ ।

२ जना महिला सदस्यहरूको आरक्षण कोटा रहेपनि एक जना महिलाको उमेद्वारी नपरेकोले एक जना महिला कार्यसमितिले पछि तोक्ने भएको नवनिर्वाचित लेखा समिति सदस्य विज्ञान रिमालले बताउनुभयो ।