मल्यर्पण कार्यक्रम पश्चात परिजात स्मृति सालिकमा सामुहिक तस्बिर ।

हेटौंडाः २८ औँ परिजात स्मृति दिवसमा दुई संस्थाले मल्यर्पण गरि मनाएको छ । हेटौंडा १० स्थित बसपार्कमा रहेको परिजात स्मृति सालिकमा मल्यर्पण गरेर स्मृति दिवस मनाएको हो । हेटौंडा ४ स्थित साहित्य संगम मकवानपुर र हेटौंडा १० स्थित आर्दश टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

परिजातको इतिहासलाई सम्झँदै हरेक वर्ष परिजातको स्मृति दिवस मनाउने गरेको छ । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेस निखिल, साहित्यकार आरसी रिजाल, इन्द्र नेपाल, शान्त गजुरेल लगायतको उपस्थिति रहेको थियो ।